नेपाली संगीतका नक्षेत्र अम्बर गुरुङको निधन

3 3


राष्ट्रिय गीतमा संगीत भरेका वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ।

लामो समयदेखि विरामी रहेका उनको खासगरी खाने नलीमा समस्या देखिएको थियो।
उपचारकै क्रममा उनको मंगलबार विहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको अस्पतालले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।
विज्ञप्तीमा भनिएको छ, "सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको आज राति दुइ बजेर सैंतीस मिनेटमा निधन भएको हो।"
पाँच दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गुरुङ पछिल्लो पुस्ताका धेरै संगीतकारका गुरु मानिन्छन्।
विगत
दार्जिलिङमा जन्मेका गुरुङको रेकर्ड गरिएको पहिलो गीत "नौ लाख तारा उदाए"निकै चर्चित बनेको थियो।
प्रवासी नेपालीका बारेमा गाईएको त्यही गीत सुनेर तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल आउने निमन्त्रणा दिएको बताइन्छ।
त्यही निमन्त्रणापछि उनी वि.सं २०२६ सालमा पहिलोपटक नेपाल आए।
गुरुङले सयौं गीतमा संगीत भरेका छन्।
ती मध्ये कतिपय गीतमा उनका आफ्नै शब्द र स्वर छन् भने कतिपय गीत स्वरसम्राट नारायण गोपाल र अरुणा लामालगायतका चर्चित गायकगायिकाले गाएका छन्।
यसैबीच उनी गोपाल योञ्जन र अरुणा लामादेखि लिएर हाल प्रसिद्ध धेरैजना संगीतकर्मीका गुरुसमेत हुन्।
नेपाल संगीत तथा नाट्य एकेडेमीका पहिलो कुलपति रहेका गुरुङलाई शास्त्रीयदेखि लोक र पश्चिमा संगीतको समेत विज्ञ मानिन्थ्यो।
पछिल्लो समय
उनीद्वारा संगीतबद्ध गीत रातो र चन्द्र सूर्य नेपाली सेनाले सैनिक गीत बनाएपछि गुरुङलाई नेपाली सेनाका सम्मानार्थ महासेनानी बनाईएको थियो।
गत वर्षको माघ महिनामा खाने नलीको उपचारार्थ भारतको मेदान्त अस्पताल पुगेका गुरुङको त्यो समयको उपचार खर्च नेपाल सरकारले व्यहोरेको थियो।
पछिल्लो समयको उपचार खर्च पनि सरकारले व्यहोर्ने आश्वासन दिएको गुरुङका परिवारले बताएका छन्।
खानेनलीमा राखिएको पाईप फुस्किएफछि उनलाई सोमबारबार अस्पताल लगिएको थियो।
गुरुङका ३ छोरा, एक छोरी र पक्षाघातबाट पीडित ७५ वर्षीया पत्नी छन्।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment