यातायातमा चीनको सवा ७ खर्ब

3 3बढीभन्दा बढी दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक/रेल सञ्जालमा जोड्न चीनले ठूलो परिमाणको लगानी घोषणा गरेको छ । विकटमा यातायात पहुँच पुर्‍याएर समृद्धिको ढोका खोल्ने सरकारी नीति छ । त्यसका लागि तीन वर्षमा पूरा गर्ने गरी तीन सयवटा नयाँ परियोजनाको खाका तयार पारिएको छ । मुलुकका अति पिछडिएका तथा विपन्न र क्षेत्रीय केन्द्रसम्म सडक/रेल विस्तार गर्ने सरकारी योजना छ । चिनियाँ अधिकारीहरूले चार दशमलव सात ट्रिलियन युआन खर्चिने योजना तयार पारेका हुन्, जसको अमेरिकी मूल्य सात खर्ब २५ अर्ब डलर हुन आउँछ । आगामी तीन वर्षभित्र उक्त रकम खर्च गरिसकेर लक्ष्य चुम्न सरकारले अधिकारीहरूलाई निर्देशन दिएको छ । राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका चेन जियानको भनाइमा उक्त विशाल लगानी गरिबी उन्मुलनको सरकारी लक्ष्यसँग सम्बन्धित छ । चीनले सन् २०२० सम्ममा सबै जनसंख्यालाई गरिबीको रेखामाथि उकासिसक्ने लक्ष्य तय गरेको छ । ‘आवतजावतको विश्वसनीय ढाँचाले मानिसलाई गरिबीको चक्रबाट मुक्त गर्न सहज हुने हाम्रो आशा छ,’ चेनले भने, ‘सोही कारण हामीले ग्रामीण सडक विस्तारलाई नयाँ योजनाको आधार स्तम्भ बनाएका हौं । राष्ट्रिय गतिविधिबाट टाढा रहेका विकट क्षेत्र केही वर्षभित्रै आर्थिक समृद्धिको आधार बन्ने क्रममा छन् ।’ चीनको फरक भौगोलिक अवस्था, खासगरी मुलुकको दक्षिण र दक्षिणपश्चिमी भागमा ठूलो जनसंख्या अन्य भागको तुलनामा अलगथलग अवस्थामा छ । हालसम्म सरकारी सहयोगबाट उक्त जनसंख्या टाढा छ । सोही कारण विकासको गतिमा समेटिन सकेको छैन । यातायातमा नयाँ लगानी योजना चीनमा मुख्य केन्द्रसम्म सर्वसाधारणको पहुँच विस्तारमा केन्द्रित छ । खासगरी याङ्जी र पर्ल नदीको तटीय क्षेत्रमा बसेका सहरहरूबीच अन्तरसम्बन्ध विस्तारमा उक्त योजना लागू हुनेछ । राजधानी बेइजिङबाट तियान्जिन नगर हुँदै हेबेई प्रान्त जोड्ने सरकारी योजना तीव्र गतिमा अगाडि बढेको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment