प्रेमीले नै बिमलकी बहिनी मनिषाको हत्या गरेको आशंका, हत्यारा बिमलका साथी भएको अनुमान

3 3१३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या प्रकरणको अनुसन्धान उनको प्रेमीतर्फ मोडिएको छ ।

विमलकी बहिनी मनिषा गएराति आफ्नै घरमा मृत भेटिएकी थिइन् । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । जसमध्ये आशिष चौधरी पनि एक छन् ।  अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् ।

र, अशिष र मनिषा प्रेमी प्रेमिका हुन् ।  अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘गाउँलेहरुले बताए अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ ।’

प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् ।

घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ । मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको थियो । घटना योजनावद्ध थियो वा क्षणिक आवेशको परिणाम थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।

मनिषाको शव पोष्टामर्टमका लागि काठमाडौं ल्याउने तयारी भइरहेको घटनास्थलमै रहेका अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य प्रकाश पंगेनीले बताए ।

हत्याअघि बलात्कार भए नभएको यकिन गर्न शिक्षण अस्पताल महाराजगञ्जमा परिक्षण हुनेछ ।

नेपाल प्रहरीका उच्च अधिकारीको पहलमा मनिषाको शव काठमाडौं त्याउन लागिएको हो । मनिषाका बुबा नेपाल प्रहरीका हवलदार हुन् । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment