बन्दकर्ताद्वारा सैनिक स्कुल बसमा तोडफोड, अलपत्र यात्रुका लागि प्रहरीको निशुल्क बस सञ्चालन

3 3


डिसीनेपाल डटकम – नेपाली सेनाको सैनिक स्कुल बसमा बन्दकर्ताले तोडफोड गरेका छन् ।

यातायात सम्बद्ध विभिन्न मजदुर संघ, संगठनले आज उपत्यकामा गरेको चक्काजाममा बा २ ख २२४७ नम्बरको सैनिक बसमा बन्दकर्ताले चाबहिल चोकमा ढंगामुढा र तोडफोड गरेका हुन्।

उनीहरुले ट्याक्सीमा समेत ढुंगामुढा गरेको प्रहरीले जनाकारी दिएको छ। प्रहरीका अनुसार सैनिक स्कुल बसमा तोडफोडपछि बन्दकर्तालाई तिरबितर पारेका छन्।


नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।


 उपत्यकामा विहानैदेखि सार्वजनिक यातायातका साधन चलेका छैनन् भने सर्वसाधारण यात्रुलाई गन्तव्यमा जान कठिन भएको छ। यद्यपी नयाँ वानेश्वर, थापाथली, लाजिमपाट, नारायण गोपाल चोक, पुल चोक, बालुवाटार हुँदै नक्शान निस्कने गरी नेपाल प्रहरीले अलपत्र परेका यात्रुका लागि निशुल्क बस सञ्चालन गरेको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment