निम्न माध्यमिक तहमा झण्डै एकहजार शिक्षकका लागि जागिर खुल्यो

3 3काठमाडौं, १० जेठ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।



पाँचवटै विकास क्षेत्रमा झण्डै एकहजार स्थायी शिक्षकका लागि आयोगले दरखास्त माग गरेको हो। आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयका लागि दरखास्त माग गरेको छ। पाँचै विकास क्षेत्रमा गरी नेपालीमा १ सय ६२,  अंग्रेजीमा २ सय ८६, गणितमा १ सय ४२, विज्ञानमा १ सय ४३, सामाजिकमा १ सय ३९ र गणित विज्ञानमा १ सय १५ शिक्षक माग गरिएको छ।

यस्तै संस्कृत व्याकरणको लागि पूर्वाञ्चलमा १ र पश्चिमाञ्चलमा २, संस्कृत भाषाको लागि पश्चिमाञ्चलमा १ तथा कम्प्युटर विज्ञानका लागि पूर्वाञ्चलमा १ र मध्यमाञ्चलमा १ स्थायी शिक्षकका लागि दरखास्त खुलेको छ।

दरखास्त आउँदो असार १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १९ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। लिखित परीक्षा भदौ ११ गते हुनेछ। पूर्वाञ्चलको क्षेत्रीय शिक्षा निर्देशनालय धनुकटा तथा जिल्ला शिक्षा कार्यालय इलाम, मोरङ र उदयपुरमा दरखास्त फारम बुझाउन सकिने आयोगले जनाएको छ।

यस्तै मध्यमाञ्चलको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा, जिल्ला शिक्षा कार्यालय ललितपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा पनि दरखास्त बुझाउन सकिन्छ। पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, जिल्ला शिक्षा कार्यालय रुपन्देही, तनहुँ र बागलुङ तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेत, जिल्ला शिक्षा कार्यालय दाङ, जुम्ला र बाँकेमा पनि दरखास्त बुझाउन सकिने व्यवस्था छ।

यसैगरी सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल, जिल्ला शिक्षा कार्यालय कैलाली र डडेलधुरामा पनि दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ। माध्यमिक तहको स्थायी शिक्षकका लागि आयोगले यसअघि नै दरखास्त माग गरिसकेको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment