विदेश जाने सोचमा हुनुहुन्छ? अब पासपोर्ट थन्क्याउनुस नेपाल मै खुल्दैछ १२ लाखलाई रोजगारी

3 3


१० जेठ, काठमाडौं । कामको खोजीका लागि दैनिक सरदर २ हजार युवा विदेश गइरहेका बेला सरकारले आउँदो तीन वर्षभित्र १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ ।
आउँदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना आवधि ( आर्थिक वर्ष २०७३/७४-०७५/७६) भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको छ ।

सरकारी, निजी, सहकारी तथा सामुदायिक र अन्य क्षेत्रबाट संयुक्त रुपमा हुने लगानीले देशको प्रमूख तथा समष्टिगत सूचकमा सकारात्मक प्रभाव पार्ने भएकाले अपेक्षित रोजगारी वृद्धि हुने सरकारको दाबी छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको चौंधा त्रिवर्षिय योजनाको आधारपत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्तरर्भिरता उपयोग गरी स्वस्थ्य र आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत प्रतिवर्ष ४ लाख रोजगारीको अवसर बढ्ने उल्लेख छ । कारोबार दैनिकमा समाचार छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment