चौध नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरे

3 3काठमाडौँ, ३१ वैशाख । चौध नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् ।   मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   यसअघि बिहिबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।   यसरी तीन दिनमा ४२ आरोहीले सगरमाथा आरोहण गरेका छन् ।  अहिले धेरै आरोही समूह क्याम्प चार नजिक पुगेको र शनिबारसम्म धेरै सङ्ख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ ।   पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् ।रासस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment