शेष घलेकाे छोरा बनेर फेसबुक र भाइबरमा यसरी ठगे केटी …

3 3पोखरा : अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ ।
निजले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफु शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईहरु अमेरिकामा आउने हो भने नेपालमा मेरो साथी छ उसलाई भेट्नुस् भनेर सम्पर्क नम्बर लिने र आफैँ आकास घलेको साथी बनी भेट्ने र केटीलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेकाले निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा निज विगत १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा काम गरी गत वैशाख २५ गते नेपाल फर्किएको र निजले विभिन्न बहाना बनाइ ठगी गर्ने गरेकोसमेत स्वीकारेको बताइएको छ
। यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए वडा प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ । रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment