ओली सरकारले गर्यो राम्रो निर्णय ,दक्षिण एसियामा नेपालले पनि देखाउने भो आफ्नो हैसियत

3 3


शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपालले पनि परेको बेला मित्र राष्ट्रलाई सहयोग गर्न सक्छ भन्ने हैसियत दैखाउँदै दक्षिण एसियाली मुलुक श्रीलंकालाई लाखौं रकम सहयोग गर्ने निर्णय गरेको छ । बैठकले श्रीलंकामा भर्खरै आएको बाढी र पहिरोमा पीडित भएकालाई सहयोग गर्न १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री शेरधन राईले आजको मन्त्रिपरिषद बैठकले श्रीलंकालाई प्राकृतिक विपतका बेला १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् | केहि दिन देखि श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी बर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६३ पुगेको छ । श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ व्यक्ति बेपत्ता भएका छन् ।शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण चार लाख ५० हजार भन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन् । विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ । श्रीलङ्कामा गएको सोमबारबाट भारी वर्षा सुरु भएको त्यसपछिको बाढी पहिरोको कारण ती व्यक्तिहरुले ज्यान गुमाएका हुन । यसअघि पनि नेपालले दक्षिण एसियामा आफ्नो हैसियत देखाउँदै अफगानिस्तानलाई झण्डै एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment