‘सधैंका लागि निदाउन चाहन्छु’ भनेकी मनिषा अब कहिल्यै ब्युझिन्न्न्, प्रेमी ‘आशिष चौधरी’ पक्राउ

3 3

नेपाली खेलाडीमा सानै उमेरमा सर्वाधिक प्रगति गर्ने खेलाडीको नाम हो ‘विमल घर्ती मगर’ । नेपाली स्टार स्ट्राईकर बिमलले प्राप्त गरेको उपलब्धि निकै सुन्दर छ । सानै उमेरमा राष्ट्रिय टीममा रहेर बिमलले नेपाली फुटबललाई पु¥याएको योगदान अमुल्य छ । बिमल अहिले बेल्जियममा छन् । सानै उमेरमा बुबा गुमाएमा विमल अहिले फेरि शोकमा डुबेका छन् । आफ्नी एकमात्र बहिनी मनिषाको विहीबार विहान मृत अवस्थामा शव भेटियो । बुबा नेपाल प्रहरीका हवलदार थिए । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो । फुटबलमा निकै सौखिन बाबुकै कारण फुटबलमा आएको बताउने बिमल फेसबुकमा सधैं बुबाको तस्विर राखेर निकै मिस गरिरहेको स्टाटस लेख्ने गर्छन् । आज घरमा कोहि नभएको बेला आफ्नी एक्ली प्यारी बहिनीको रहस्यमय मृत्युले उनलाई कति पीडा भएको छ कल्पना पनि गर्न गाह्रो होला । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । आमा मुर्छित छिन् । विमल सानै देखि एन्फामा प्रशिक्षणमा रहँदा आमाको एकमात्र साथी थिईन् मनिषा । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाले गत मे १२ अर्थात् ठ्याक्कै दुई साता (१४ दिन) अघि फेसबुकमा तस्विर पोष्ट गरेकी थिईन् । जहाँ लेखिएको थियो म सधैंका लागि निदाउन चाहन्छु । आज मनिषा कहिल्यै नब्युझँने गरी निदाईन् । घटनाको प्रकृतिले उनको हत्या नै भएको ठम्याई छ |

प्रेमी ‘आशिष चौधरी’पक्राउ, आशिष विमलकै साथी

अहिले मनिषाको हत्या प्रकरणको अनुसन्धान उनको प्रेमीतर्फ मोडिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । अशिष र मनिषा प्रेमी प्रेमिका हुन् । स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।





अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘गाउँलेहरुले बताए अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ ।’ प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् ।

मनिषाको प्रेमी भनिने ब्यक्ति राति धेरै पटक ओहोर—दोहोर गरेको र धेरै पटक फोन गरेको प्रारम्भिक जानकारी प्रहरीले हात पारेको छ । ‘हामीले थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी अर्जुन रानाभाटले भने, ‘ब्वाइफ्रेण्डले हत्याको गरेको हुन सक्ने आंशका नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ छिमेकीहरुले राति एक्लै भएको बेलामा एक केटा घरमा आएको र उनीहरुले झगडा गरेको जानकारी प्रहरीलाई दिएका छन् । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका आशिष चाैधरीसहितलाई नियन्त्रणमा लिएको हो ।


SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment