पशुपतिनाथ मन्दिरको दक्षिण द्वार शिलान्यास

3 3काठमाडौँ, २ जेठ । विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आज शिलान्यास भएको छ ।


पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र एसबिआइ बैंकका प्रबन्ध निर्देशक बी श्रीरामले संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

मन्त्री पोखरेलले पशुपतिनाथ विश्वभरिका मानवजातिका आराध्यदेवको एउटै थलो रहेको र सिङ्गो मानवजातिको भगवान्का रुपमा विकास गर्ने बताउनुभयो ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथलाई सुरक्षित बनाउनका लागि दक्षिण ढोका निर्माण गरेर एउटा पाइला अघि बढाएको भन्दै उहाँले एक वर्षभित्र उक्त ढोका निर्माण गरिसक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो– “भगवान् पशुपतिनाथको मन्दिरलाई सदा जीवित बनाउने सङ्कल्पका साथ काम गर्ने सरकारको तयारी छ, मन्दिरमा आएपछि कम्तीमा एक घन्टा आनन्दको अनुभूति लिएर बस्ने वातावरण बनाउनुपर्छ ।”

उहाँले विश्वभरिका हिन्दूका आराध्यदेवका रुपमा आगामी २०६३÷०६४ मा अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन गर्ने घोषणा गर्दै हिन्दूका ६४ पीठको संरक्षण र प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

एसबिआई बैंकका प्रबन्ध निर्देशक श्रीरामले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत भगवान् पशुपतिनाथको मन्दिरको दक्षिणतर्फ दक्षिणढोका बनाउन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि निरन्तर सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पशुपतिनाथमा सो दक्षिण ढोका निर्माणका लागि एसबिआइ बैंकको सहयोगमा रु साढे तीन करोडमा एक वर्षभित्र निर्माण हुने कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिनुभयो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment