चीनले नेपालका लागि सुरु गर्‍यो रेलसेवा-चीनबाट सामान बोकी काठमाडौँ १० दिनमा आइपुग्ने प्रधानमन्त्री ओली र चीन बिच भएको पारवहन सम्झौता

3 3काठमाडौं, ३० वैशाख । चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ ।चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट बुधबार अपरान्ह दैनिक उपभोग्य सामानसहित मालवाहक रेल छुटेको बताइएको छ । नेपालका लागि छुटेको रेलले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आएर अनलोड गर्ने बताइएको छ ।


सिगात्सेबाट सडकमार्ग हुँदै उपभोग्य सामान काठमाडौं ल्याईने छ । पिपुल डेली चाइनाका अनुसार चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ । ५ सय ६४ किलोमिटर सडकबाटा हुँदै कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् र त्यहाँबाट नेपाली कन्टेनरहरुले सामान काठमाडौं ल्याउने छन् । चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने छ ।चीनका गान्सु प्रान्त, किङ्घाई प्रान्त, तिब्बतीयन स्वयत्त क्षेत्र र नेपालसहितका दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध बिस्तारका लागि यो सुरुवात गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार यो सुरु भएको हो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment