केहि बेर अघि गएको भूकम्पले गोरखामा ३ जना घाइते

3 3गोरखा, गोरखाको ताप्ले गाविसलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ः३७ बजे ४.५ रिक्टर स्केलको परकम्प गएको छ ।
परकम्पपछि भाग्ने क्रममा गोरखामा तीन जना घाइते भएका छन् ।सदरमुकामको शक्ति उच्च माविको कक्षा १० मा पढिरहेका खरिबोट गाविसका गणेश गुरुङको हामफाल्दा देव्रे गोडा भाँचिएको छ । भूकम्पले स्कुल भवन हल्लेपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा गुरुङ घाइते भएको शिक्षक दुर्गाभक्त घिमिरेले बताउनुभयो । उनको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।

यस्तै, वल्र्ड भिजन नामक संस्थाका कर्मचारी बझाङ जिल्ला घर भएका अमित भण्डारी पनि घाइते भएका छन् । भूकम्प आएका बेला भाग्ने क्रममाः लडेका उनको दाँहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको गोरखा अस्पतालमा उपचार गरिएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment