पूर्व युवराज्ञी हिमानी पनि एक साताको लागि चीनतिर

3 3


काठमाडौँ १२ जेठ । समाजसेवाको क्षेत्रमा क्रियाशिल हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व ५ श्री युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणमा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउनुहुने बुझिएको छ ।
हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकर शमशेर राणालगायत सामेल हुनुभएको छ । केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्नुभएको थिएन । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment