राजधानी काठमाडौं प्रवेश गर्दै गर्दा दुई भारतीय प्रहरी थानकोटमा प्रकाउ

3 3पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गरेका छन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ ।

एक भारतीय अधिकारीको सुरक्षार्थ पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ ।

भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी छिर्नेक्रममा पक्राउ परेका हुन् ।

‘भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका रहेछन् । पछि उनीहरुलाई पोसाक नलगाइकन सुरक्षार्थ खटिन निर्देशन दिएका छौं,’ महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने ।

प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment