विमलकी बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौँ ल्याईयो

3 3

मनिषाको शव परीक्षणका लागि काठमाडौँमा काठमाडौं

 १३ जेठ । फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौँ ल्याइएको छ। आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौँ पठाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भन्नुभयो – “शव परीक्षणका लागि काठमाडौँ पठाएका छौँ, यसले अनुसन्धानलाई सहयोग पु-याउँछ ।” घटनाको सूक्ष्म अनुसन्धानका लागि विशेष टोली खटाई काठमाडौँ शव लैजान लागिएको प्रहरीले जनाएको छ । कोठामा रहेको खाटको सिरानतिरको सिसा फुटेको, कपडा लथालिङ्ग भएको अवस्थामा आफूहरु घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । प्रहरीको नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी ९आशिष०ले मनिषाको घर साँझ गएको तर फरक–फरक कोठामा सुतेको बयान प्रहरीलाई दिएका छन् । आमा नभएका बेला घर पुगेका उनी राति सामान्य झगडा भएपछि घर छोडेर हिँडेको प्रहरीले जनाएको छ ।रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment