Sports

3 3


काठमाडौँ, १३ जेठ - नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वकप विजेता टिमका कप्तान माइकल क्लार्कसँगै खेल्ने भएका छन्।

खेलका उनी उनी बुधबार हङकङतर्फ प्रस्थान गरेका हुन् । हङकङमा पहिलो पटक आयोजना हुन लागेको हङकङ ब्लिज ट्वान्टी-२० प्रतियोगितामा १६ वर्षे युवा लेगस्पिनर सन्दीपले खेल्न लागेका हुन्।

सन्दीपले विदेशी खेलाडीका रूपमा कावलुनबाट खेल्नेछन्। यही टिमबाट अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले पनि खेल्नेछन्। २०१५ को अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका क्लार्कको कप्तानीमा अस्ट्रेलियाले गत वर्ष एकदिवसीय विश्वकप जितेको थियो। क्लार्कसँग १ सय १५ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ।

सन्दीपको टिम कावलुनका कप्तानमा ब्रिटिस खेलाडी स्कोट म्याककेच्नी छन्। उनले नै हङकङमा खेल्ने व्यवस्था मिलाएका हुन्। हङकङ राष्ट्रिय टिमका अस्ट्रेलियाली खेलाडी रायन क्याम्पवेल कावलुनका खेलाडी एवं प्रशिक्षक छन्।

कावलुनमा म्याककेच्नी, क्याम्पवेलसहित बाबर हायत, तानभिर अहमद, नजिब अमार र सिमनद्वीप सिंह लगायतका खेलाडीसँग खेल्नेछन्।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment